समाचार

हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु

covid 19 dead body

२९ वैशाख, हेटौंडा । कोरोना संक्रमणका कारण मकवानपुरमा थप ३ जनाको मृत्यु भएको छ । बुधवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारका क्रममा थप ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका दुई जना र भीमफेदीका एक जना पुरुष रहेको डा. सागर काफ्लेले बताए ।

कोरोना संक्रमण पुष्टि भए लगत्तै उपचारका लागि हेटौंडा अस्पतालको कोभिड–१९ कक्षमा भर्ना भएका भीमफेदी गाउँपालिका वडा नम्वर–६ का ५९ वर्षीय पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको थियो ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ का ५० वर्षीय पुरुषको आज बिहान ९ः२० बजे मृत्यु भएको हो भने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ का ६५ वर्षीय पुरुषको मंगलबार साँझ नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *