कर्णाली प्रदेश

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

Mahendra Bahadur shahi

२९ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

शाहीले बुधबार आन्तरिक मामिला कानुन, यूवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै शपथ गराइने तयारी भएको बताइएको थियो । तर, शपथ भोलि गराइने भएको छ ।

आन्तरिक मामिलाबाट नरेश भण्डारी र सामाजिक विकासमन्त्री विमला केसीलाई राजीनामा गराएर मन्त्री थपिएको हो । मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय भने बुधबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषदको कार्यविभाजन:

१.महेन्द्रबहादुर शाही, मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय
२.नन्दसिंह बुढा, मन्त्री – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
३.अमरबहादुर थापा, मन्त्री – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
४.कुर्मराज शाही, मन्त्री – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
५.विन्दमान विष्ट, मन्त्री – आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्रालय
६.सीता कुमारी नेपाली, मन्त्री – जलस्रोत तथा उर्जा विकास मन्त्रालय
७.गोपाल शर्मा, मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस