मुख्य समाचार

कोरोनाबाट मृत्यु भएकाको मलामीमा २५ जना सहभागी हुन पाउने

sab covid death

२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि २५ जनासम्म सहभागी भएर आफन्तले परम्परा अनुसार गर्न पाइने जानकारी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै मृतकको अन्त्येष्टि गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले २५ जनाभन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्ने जनाएका छन् ।

आफन्तले अन्त्येष्टि गर्न सम्भव नभए नेपाली सेनाले शव व्यवस्थापन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

heoc notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *