मुख्य समाचार

ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा गर्नुपर्छ : भीम रावल

bhim rawal

२९ वैशाख, काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त गर्न सांसद पदबाट आफूहरुले राजीनामा दिनुपर्ने स्थिति निर्माण भएको बताएका छन् ।

बुधबार अपरान्ह ट्वीट गर्दै उनले राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री  केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक भएको बताए । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले राजीनामा गर्न अन्तिम तयारीमा रहेका बेला सोही समूहका प्रभावशाली नेता रावलले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस