बैँक / वित्त

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

siddhartha bank

२९ वैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा बैंकले देशभरका विभिन्न शाखाहरूबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस