समाचार

भीमेश्वर नगरपालिकाद्वारा कोरोनाबाट सङ्क्रमितलाई निःशुल्क उपचारको घोषणा

charikot bazar

२९ वैशाख, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाले कोरोनाबाट सङ्क्रमित नगरवासीलाई निःशुल्क उपचार तथा पोषण र एम्बुलेन्स खर्च गरी जनही रु दश हजार दिने निर्णय गरेको छ ।

नगरभित्रका नागरिक सङ्क्रमित भएमा रु दुई हजार पोषण खर्च र बिरामीलाई अन्य स्थानमा लैजानुपरे रु आठ हजार एम्बुलेन्स खर्च दिने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसी जानकारी दिए । यस्तै कोरोनाबाट नागरिकको मृत्यु भएमा मृतक परिवारलाई सामाजिक कार्य गर्न रु १५ हजार दिइनेछ ।

सो नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित चरीकोट अस्पतालमा हाल चालीस शैय्याको आईसोलेशन कक्ष निर्माण गरिएको छ । कोभिड–१९ को दोस्रो लहरबाट नगरपालिका ९५ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *