मुख्य समाचार

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

Kathmandu Upatyaka

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि थप दुई सात निषेधाज्ञा लागू भएको छ ।

कोरोना महामारी बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । अब निषेधाज्ञाको अवधिभर (१३ जेठसम्म) उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं सूचना जारी गर्दै कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गएिको जनाएको छ । ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाका कार्यालयबाहेक जिल्लास्थित अन्य सबै कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ’, प्रजिअ पराजुलीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन मिलाउन प्रशासनले निर्देशन दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस