मुख्य समाचार

नेपालसहित नेतामाथिको कारबाही फुकुवा भएपछि योगेशले भने- अब सहमति बनाउन लाग्नु पर्छ

Yogesh bhattarai

३० वैशाख, काठमाडौं । एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बन फुकुवाको विषयलाई माधवपक्षीय नेता योगेश भट्टराईले सकारात्मक संकेत भनेका छन् ।

‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अव कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ’, भट्टराईले बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय गरे लगत्तै ट्वीट गरेर भनेका छन् ।

अर्का नेता सुरेन्द्र पाण्डेले पनि कारवाही फिर्तालाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस