समाचार

चितुवाको छालासहित एक पुरुष पक्राउ

arrest

३० वैशाख, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् ।

७ फिट ६ ईन्च लामो चितुवाको छाला बोकेर भे.४प ४८८७ नम्बरको मोटरसाइकलमा जाजरकोट जाँदै गरेका खत्रीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बुधवार दिउँसो पक्राउ गरेर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस