समाचार

वाङ्‍मय शताब्दी पुरुष जोशीलाई दीर्घायुको कामना

Satyamohan Joshi

३० वैशाख, ललितपुर । ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आज वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ जन्मोत्सवका अवसरमा  सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरे ।

नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताए । उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।” बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका थिए । जोशीलाई फोन मार्फत पनि शुभकामना आइरहेको छ ।

आजका दिनसम्म कुनै रोगले समाति नसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको उनले बताए । जोशीले नेपाली भाषा, कला र  संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइसक्नुभएका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस