मुख्य समाचार

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकले बृद्धि

share market nepal

३० वैशाख, काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेसाताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ ।

यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । बिहीबार व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा, हाइड्रो लगायतका क्षेत्रहरु सकारात्मक रहेका छन् ।

कल २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ८६ हजार २९६ पटक कारोबार हुँदा बिहिबार अधिकतम ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी फाइनान्सिङ क्षेत्रले अधिकतम ४.६८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढि व्यापार र होटल तथा पर्यटन क्षेत्रले ०.६ प्रतिशतले गुमाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *