
३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर भने थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।
पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस