
३० वैशाख, काठमाडौं । सगरमाथा आधार शिविरमा सेनाको टोलीले मानव कंकाल फेला पारेको छ ।
सफा हिमाल अभियान-२०२१ अन्तर्गत फोहोर संकलनमा खटिएको सेनासहितको टोलीले मंगलबार सगरमाथाबाट मानव कंकाल फेला पारेको हो । कंकालको दायाँ हात र बायाँ पाखुरा फेला पारिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।
सगरमाथाको क्याम्प २ बाट संकलन गरिएको फोहोरमा मानव कंकाल फेला परेको सेनाले जनाएको छ । उक्त कंकाल वर्षौंदेखि हराइरहेका आरोहीको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस