
३० वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा आमा–छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरुको एकदिन अघिपछि संक्रमणका कारण मृत्यु भएको हो । बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।
बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराटनगर अस्पताल विराट नर्सिङ्होममा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस