मुख्य समाचार

राष्ट्रपति कार्यालयले भन्यो : बहुमतको सरकारका लागि दावी परेन

Bidya Bhandari

३० वैशाख, काठमाडौं । बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।

अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठूलो हैसियतले सरकार गठन गर्न पाउनेछन् । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

new pm bigyapti

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस