समाचार

प्रतिबन्धित खैरो हिरोइनसहित दुई जना पक्राउ

arrest

३१ वैशाख, कञ्चनपुर । प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापा चोकबाट पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हेरोइन बरामद भएको छ । भारतबाट से ४ प ७५२७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ । एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरी सकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस