
३१ वैशाख, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ ह्जार ६०० रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस