प्रदेश २

पर्सामा आज १६५ सङ्क्रमित फेला

coronavirus

३१ वैशाख, पर्सा । पर्सा आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस