मुख्य समाचार

प्रधानमन्त्री ओलीले लिए शपथ

kp oli sapath

३१ वैशाख, काठमाडौं । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनी संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि उनलाई नियुक्त गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस