
३१ वैशाख, काठमाडौं । ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री बन्न सघाएका पार्टीभित्रकै माधव नेपाल समूह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।
त्यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाएकी छिन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् ।
विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यी हुन् मन्त्री हुनेहरुः
– ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
– रामबहादुर थापा बादल, गृह
– टोपबहादुर रायमाझी, उर्जा
– विष्णु पौडेल, अर्थ
– प्रदिप ज्ञवाली, परराष्ट्र
– हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
– लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
– कृष्णगोपाल श्रेष्ठ, शिक्षा
– प्रभु साह, सहरी विकास
– भानभुक्त ढकाल, पर्यटन
– मणिचन्द्र थापा, खानेपानी
– पद्मा अर्याल, कृषि
– बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
– गौरीशंकर चौधरी, श्रम, रोजगार
– पार्वत गुरुङ, सञ्चार
– शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
– लिलानाथ श्रेष्ठ, कानून
– गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
– प्रेमबहादुर आले, वन
– जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
– दावा लामा तामाङ, युवा तथा खेलकुद