मनोरञ्जन ताजा समाचार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अस्पतालमै मनाए जन्मदिन

madan krishna

३१ वैशाख, काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार परेको आफ्नो जन्मदिन मेडिसिटी अस्पतालमै मनाएका छन् । आज अक्षय तृतीया नेपाली तिथिअनुसार परेको आफ्नो जन्मदिन उनले अस्पतालमै मनाएका हुन् ।

कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचारत श्रेष्ठको मेडिसिी मै मनाइएको हो । उनकी छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाएकी हुन् ।

जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गरेका हुन् । मदनकृष्णको स्वास्थ्यमा सुधार आइरहेको छ । अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस