समाचार

रौतहटमा जेठ ७ गतेसम्म थपियो निषेधाज्ञा

nisedhagya

३१ वैशाख, रौतहट । रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बिहीबार बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो । यसअघि पहिलोपटक जारी भएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिँदैछ ।

कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको समेत उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस