कर्पोरेट

प्राविधिक समस्याले सेवा अवरुद्ध भएकोमा रिचार्जरले गर्‍यो क्षमा याचना

reecharger

३१ वैशाख, काठमाडौं । इ–कमर्स प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना गरेको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ह्याप्पी आवरमा ९ सय ९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अवरुद्ध हुनपुगेको कम्पनीले जनाएको छ । यसबाट आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति रिचार्जरले माफी मागेको हो ।

दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भइरहेको बताउँदै ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अ लाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन् । एप सुचारु भए पछि पूर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए ।

उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध गराइने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *