कर्णाली प्रदेश

कर्णालीमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्याे

coronavirus

३१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ  । यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म १३४ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *