मुख्य समाचार

आर्यघाटमा दाह संस्कारमा खटिएकालाई प्रति शव १ हजार रुपैयाँ भत्ता दिने

bhanubhakta dhakal

३१ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले शुक्रबार पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा पर्यटनमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मन्त्री ढकालले पशुपति आर्याघाटमा कारोना संक्रमितको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।

उनले पर्यटन क्षेत्रको उद्धार र राहतका लागि विशेष ध्यान पुग्ने गरी नीति र बजेट तर्जुमा गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए । सो अवसरमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयमा भैरहेको गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस