मुख्य समाचार

ठाकुर-महतोलाई यादवको प्रश्न : मधेशका मूल माग र मुद्दा के-के हुन्, ओलीले के-के पूरा गरे ?

Upendra yadav

३१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले मधेसका केके माग पुरा गरे भन्दै प्रश्न गरेका छन् ।

ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग पुरा गर्न थालेको भन्दै समर्थन गरेपछि यादवले यस्ते प्रश्न गरेका हुन् । यादवले १२ वटा बुँदामा मागहरु उल्लेख गरेर कुनकुन माग पुरा भए भन्दै यादवले प्रश्न गरेका हुन् ।

जसपामा यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई एकतिर छन् भने ठाकुर र महतो एक तिर छन् ।

यी हुन् उपेन्द्र यादवले प्रस्तुत गरेका बुँदा

१. आत्मनिर्णयको अधिकारका साथै स्वायत्त मधेस प्रदेशसहित पहिचानमा आधारित (१०+१) प्रदेशको स्थापना ।
२. समानुपातिक निर्वाचन प्रणाली ।
३. शासन–प्रशासन, न्यायपालिका, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिमा सामुदायिक/जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।
४. सरकारी कामकाजी भाषामा समान–बहुभाषिक नीति ।
५. मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।
६. दलित, महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको व्यवस्था ।
७. राज्यद्वारा प्रदान गरिने सेवा, सुविधा र अवसरमा समान पहुँचको प्रत्याभूति ।
८. वर्ग, वर्ण, लिङ्ग, जात/जातिका आधारमा हुने शोषण, उत्पीडन र विभेदको अन्त्य ।
९. नागरिकता समस्याको समाधान ।
१०. जल, जङ्गल र जमिनमाथिको अधिकार ।
११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरूको समाधान ।
१२. मधेस र थरूहट आन्दोलनको दौरान लगाइएका मुद्दाहरुको खारेजी, रेशम चौधरीलगायत सम्पूर्ण राजबन्दीहरुको रिहाई ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *