समाचार

नेता यादवलाई पितृशोक

ganga ram

३१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री राजकिशोर यादवका ८६ वर्षीया बुवा गंगा राम यादवको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत गंगा राम यादवको हिजो राति मृत्यु भएको नेता यादवले बताए । मृतकको शव राति नै गृहजिल्ला लगेर आज उनको अन्तिम संस्कार गरिएको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी परिवारप्रति समवेदना तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस