समाचार

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

kaji donation

१ जेठ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा ५०० थान सर्जिकल मास्क, २०० थान पिपिइ सेट, ३०० जोर ग्लोब्स, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, एन ९५  मास्क ५० पिस, फेस सिल्ड ५०  पिस र भेन्टुरी मास्क ५ पिस उपलब्ध गराएका हुन् ।

केहीदिन अघि मात्र अस्पतालको निरीक्षण गरेका श्रेष्ठले अस्पतालको माग अनुसार तत्कालका लागि उक्त परिमाणको सामग्री उपलब्ध गराएको बताएका छन् । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएकाले बिरामीको सेवामा सहयोग पुगेको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस