कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने

Pradesh Hospital Surkhet

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका नयाँ बिरामीको भर्ना नलिने जनाएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले शनिबार एक सूचना जारी गरी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना लिन नसक्ने जनाएका हुन् ।

नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण संक्रमित भर्ना गर्न नसकिने उनले बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले महामारीको समयमा बिरामीको उपचारमा व्यवस्था मिलाउनुको सट्टा अस्पतालले भर्ना लिन नसक्नु प्रदेश सरकारको असक्षमताको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

नेता कँडेलले सरकारको ध्यान नागरिकलाई महामारीबाट बचाउनेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् ।

‘अहिलेको महामारीको बीचमा अस्पताललाई यस्तो सूचना सार्वजनिक गर्नुपर्ने स्थितिमा पु¥याउनु सम्बन्धित जिम्मेवार निकायको असक्षमताको पराकाष्ठा नै हो । प्रदेश सरकारसँग श्रोतको अभाव छैन,’ उनले भने, ‘संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व पनि प्रदेश सरकारको नै हो ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *