समाचार

रुपन्देही काङ्ग्रेस पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई

congress party office rupandehi

१ जेठ, बुटवल । नेपाली काङ्ग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अस्थायी आवाद गृह बनाइएको छ । रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबारदेखि भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई अस्थायी रुपमा आवासका लागि दिइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अबस्थामा यस अघि नै काङ्ग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

सोही बमोजिम भीम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महामारीका बेला बस्नलाई भएको असुविधालाई मध्य नजर गरि बेड समेत तयार पारी आवासको रुपमा प्रयोगमा ल्याइएको नेता रज्जाक​को भनाइ छ । आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सकिने र अन्य स्वास्थ्य सस्थाले समेत प्रयोगमा ल्याउन सक्ने समेत बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस