मुख्य समाचार

ओलीले राष्ट्रिय सरकारको प्रस्ताव अस्वीकार गरेको बाबुरामको खुलासा

Baburam Bhattarai

२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने आफ्नो प्रस्ताव प्रधानमन्त्री ओलीले अस्विकार गरेका खुलासा गरेका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा भेटेको कुरा एमाले नेता महेश बस्नेतमार्फत बाहिरिएसँगै आइतवार बिहान ट्वीटरमार्फत् सो कुराको प्रष्टोक्ति दिदैँ उनले आफुले महाविपत्ति उन्मुख देशलाई निकास दिन ब्यक्ति ओलीलाई नभई प्रधानमन्त्री ओलीलाई भेटी वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको बताए । आफ्नो उक्त प्रस्ताव प्रधानमन्त्री ओलीले नमानेको उनको भनाई छ ।

अझैपनि संविधानको धारा ७६(५) बमोजिमको सरकार बनाउन सकिने पनि उनले बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान÷पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ । सोचौं !’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस