बैँक / वित्त

निषेधाज्ञामा इमुद्दती खाता इमेलबाट नवीकरण गर्न सकिने

nepal banker association

२ जेठ, काठमाडौं । नेपाल बैंकर्स संघले निषधाज्ञा अवधिभर इमेलमार्फत अनुरोध गर्दा मुद्दती खाताको नवीकरण गर्ने निर्णय गरेको छ । वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले मुद्दती खाता नवीकरणको लागि इमेलबाट अनुरोध गर्न सकिने निर्णय गरेको हो ।

परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको सात दिनसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागु हुने गरी नवीकरण गर्न सकिने संघले जनाएको छ । बैंकर्स संघले ग्राहकहरुलाई बैंकिङ कारोबार घरैबाट गर्नका लागि आग्रहसमेत गरेको छ ।

“मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरुलगायत कार्यहरु गर्न सकिन्छ । साथै, सामान खरिद गर्दाका बखत समेत उपलब्ध भएसम्म कार्ड तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्नुहुन अनुरोध गर्दछौँ,” बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *