समाचार

मङ्सिरमा उद्घाटन भएको भेन्टिलेटर अझै सञ्चालन भएन

ventilator

२ जेठ, धादिङ । गत वर्ष उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन ।

गत वर्ष  उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर भेन्टिलेटर आएको लामो समय भइसक्दा सञ्चालन हुन सकेको छैन ।

एनेस्थेसियालोजिस्ट एक, फिजिसियन एकजना र अक्सिजन प्लान्ट नभई चलाउन नसकिने भएकाले अस्पतालमा भेन्टिलेटरले बिरामी हेरेर बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । श्वासप्रश्वासमा अति कठिन पर्दासमेत मानिस बचाउन सकिने भएकाले गत वर्ष कोरोना महामारी भएका बेला वाग्मती प्रदेश सरकारले भेन्टिलेटर उपलब्ध गराएको थियो ।

अस्पतालले कर्मचारी अभाव र अक्सिजनको व्यवस्थापन गर्न नसक्दा अत्यावश्यक पर्ने भेन्टिलेटरसमेत सञ्चालन गर्न सकेको छैन । यहाँबाट नुवाकोट सिफारिस गरिएका दुई कोरोना सङ्क्रमित बिरामीको ज्यानसमेत गइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस