गण्डकी प्रदेश

गण्डकीमा एकैदिन २८ संक्रमितको मृत्यु

covid19 Death body

२ जेठ, पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीका ६ जना, स्याङजाका सात जना, तनहुँका तीन जना, बागलुङ, लमजुङ र नवलपरासी पूर्वका दुई/दुई जना, काठमाडौं, रुपन्देही, मुस्ताङ, म्याग्दी, गोरखा र दाङका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाका मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । त्यस्तै पोखरा १४ का ८४ वर्षीय पुरुष,मुस्ताङको मुक्तिनाथ १ का ३३ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा–१६ का ६० वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

पोखरा ९ का ४२ वर्षीय पुरुष, स्याङ्जा वालिङ–१३ की ५६ वर्षीय महिला, तनहुँ घिरिङ –३ का ६४ वर्षीय पुरुष, वालिङ –८ का ६२ वर्षीय पुरुष, पोखरा –१५ का ८७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यसैगरी पोखरा–१५ का ५६ वर्षीय पुरुष, बागलुङ कालिखोला–५ की ५० वर्षीय महिला, वालिङ–१३ का ५५ वर्षीय पुरुष, वालिङ –१ का ४९ वर्षीय महिला, पोखरा– १ की ४९ वर्षीया महिला, बागलुङ बडिगाड–४ की ५४ वर्षीया महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ ।

गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको पनि उपचारको क्रममा निधन भएको छ । यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर –६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू –५ का ७० वर्षीया महिला, कावासोती –३ की ४३ वर्षीया महिला, बेनी –४ का ५९ वर्षीय पुरुष, तनहुँ व्यास –४ की महिला, व्यास –१३ का ९१ वर्षीय पुरुष, स्याङ्जा गल्याङ –४ का ८३ वर्षीय पुरुष, गल्याङ –४ का ८६ वर्षीय पुरुष र अर्जुनचौपारी –२ की ८० वर्षीया महिला छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३८३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस