मुख्य समाचार

मदन–आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ : वामदेव गौतम

bamdev

३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले मदन–आश्रीतकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गरेका छन् । २८ औं मदन– आश्रीतको स्मृति दिवसको अवसरमा उनले वृहत् वाम एकतामार्फत मदन भण्डारी र जीवराज आश्रीतको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट  मुक्त हुन जिम्मेवार नेतालाई उनको आग्रह छ ।

“क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले)सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु, “उनको भनाइ छ ।

उनले स्मृति दिवसमा उनीहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प समेत गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस