मुख्य समाचार

आइतबार भारतमा भेटिए पछिल्लो २७ दिन यताकै सबैभन्दा कम संक्रमित

covid 19 india

३ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी देख्न पाइएको छ । आइतबार भारतमा २ लाख ८१ हजार ६८३ व्यक्तिमा कोरोना पुष्टि भयो । २७ दिनमा आइतबार पहिलो पटक ३ लाखभन्दा कम नयाँ संक्रमितको पहिचान भएको हो । यसअघि २० अप्रिलमा कोरोनाका २.९४ लाख नयाँ संक्रमित देखिएका थिए ।

यद्यपि, कोरोनाका कारण ज्यान गुमाउनेको आँकडामा भने खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा यहाँ ४,०९२ जनाको मृत्यु भएको छ । राहतको कुरा के छ भने यतिबेला ३ लाख ७९ हजार ३८८ व्यक्तिले कोरोना जिते पनि । यो एक दिनमा निको हुने दोस्रो सर्वाधिक आँकडा हो । यसअघि ८ मार्चमा ३.८६ लाख व्यक्ति कोरोनाद्वारा निको भएका थिए ।

यसै गरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका व्यक्तिको आँकडामा रेकर्ड एक लाख ८४६ को कमी भएको छ । यो देशमा महामारीको सुरुवातपछि सक्रिय संक्रमितमा भएको सबैभन्दा ठूलो गिरावट हो । हाल भारतमा ३५ लाख १२ हजार ६६० कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस