समाचार

मकवानपुर, उदयपुर र काठमाडौंमा तीनजना मृत फेला

bead body tag

३ जेठ, काठमाडौं । मकवानपुर, उदयपुर र काठमाडौंमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका-३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी उदयपुरको कटारी नगरपालिका-२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-११ लबाहा बस्ने  ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पनि खनाखत नभएका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस