कर्णाली प्रदेश

कर्णालीमा नवनियुक्त २ मन्त्रीले लिए शपथ

karnali sapath

३ जेठ, काठमाडौं । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् । आइतवार नियुक्त मन्त्रीहरूले सोमवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ लिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार सांसद सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त दुवै मन्त्री नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस