मुख्य समाचार

घरमै कोभिड उपचार गर्दै ‘हाम्रो मेडिकल सेवा’

hamro medical sewa

३ जेठ, काठमाडौं । कोरोना महामारीको विच ‘हाम्रो मेडिकल सेवा’ले सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुबिधा लिन सकिने र घरैमा औसधि मगाउन समेत सकिने हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए ।

हेल्थ सेफ्टी बक्स, रक्तचाप परिक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, विरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि मगाउन सकिने महतो बताउँछन् ।

त्यस्तै निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दावी छ । विभिन्न प्याथोलोजि ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरुसँगको सहकार्यमा यो सेवा प्रदान गरिदै आएको महतोले बताए ।

हाम्रो मेडिकल सेवाले देश भरका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै फोन मार्फत र सामाजिक संजालमा भिडियो कल गरेर टेली—मेडिकल सेवाको पनि व्यवस्था गरेको बताइएको छ । कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइवर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने बताइएको छ ।

हाम्रो मेडिकल सेवा छुट्टै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई, एउटा टिम हो जसले मेडिकल क्षेत्रका सरोकारवाला सँस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने काम गर्दछ । आगामी दिनहरुमा मेडिकल सेवा र सुविधालाई देशभरि नै विस्तार गर्ने योजना रहेको महतोले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस