मुख्य समाचार

सोमबार पनि सेयर बजारमा नयाँ रेकर्ड, झण्डै १ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

broker office kathmandu

३ जेठ, काठमाडौं । सोमबार पनि सेयर बजारमा नयाँ रेकर्ड बनेको छ । यस दिन बजारको परिसूचक नेप्से २०.७१ अंकले बढेर २७५९ अंकमा पुगेको छ । जुन अंक अहिलेसम्मकै उच्च हो । यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन १० अर्ब ४० करोडको कारोबार भएकोमा यस दिन ९ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

होटल तथा पर्यटन समूह १२, उत्पादन ४३ र विकास बैंक समूह १ अंकमुनि रातो रहे । यीबाहेकका सबै समूह बढेका छन् । बैंकिङ ९, ब्यापार ७, जलविद्युत ६८, फाइनान्स १२, निर्जीवन बीमा ३९, अन्य ५७, माइक्रोफाइनान्स १५ र जीवन बीमा समूह ११८ अंकले बढेका छन् ।

यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । रुरु जलविद्युत परियोजना, समता माइक्रोफाइनान्स, राधि विद्युत, कर्पोरेट डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस