मुख्य समाचार

कोरोनाले अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

adhikrit

३ जेठ, झापा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण खाम्याहाङको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमल्सिनाले बताए ।

बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार गराइरहेका खाम्याहाङको आज २ बजेर ३० मिनेटमा मृत्यु भएको हो । बैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनी केही दिन क्वार्टरमा र दुई दिन नगरपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा बसेका थिए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि खाम्याहाङलाई  बैशाख १७ गते बिएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस