मुख्य समाचार

सोमबार थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ को मृत्यु

Corona Kathmandu

३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै  २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । यस्तै भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस