मुख्य समाचार

सरकार पुनर्गठनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक, यी हुन् छलफलका एजेण्डा

lagani board meeting

३ जेठ, काठमाडौं । वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल जारी रहेको छ ।

कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि गत वैशाख ३० गते नियुक्त गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस