मुख्य समाचार

प्रधानमन्त्री ओलीविरुद्ध दर्ता भएका रिटको आज सुनुवाइ हुने

kp oli

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । प्रधानमन्त्री ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्नुपर्ने माग गर्दै अदालतमा सोमबार चार रिट निवेदन दर्ता भएका थिए। सोही रिटमाथिको आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री ओलीले पुनः सपथ लिनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्दावलीलाई त्यो पर्दैन भनेर बाचन गरेका थिए । त्यसले राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको रिट निवेदनकर्ताको ठहर छ ।

kp oli sapath

रिट निवेदनमा निवेदकहरुले प्रधानमन्त्री ओलीले लिएको सपथमा उच्चारण नै नगर्नु गैरसंवैधानिक भएको र आफु अनुकुल शव्दहरु प्रयोग गर्न नमिल्ने उल्लेख छ । त्यस्तै संघीय कानुन बनाएर सपथको व्यहोरा तोक्न र त्यसबेलासम्म प्रधानमन्त्रीलाई कामकारवाहीबाट रोक्न पनि रिट निवेदकले माग दावी गरेका छन् ।

रिटमा संघीय संसदका संसद नै नभएका तर प्रतिनिधि सभाको एउटै कार्यकालमा मन्त्री नियुक्त भइ सपथ लिएका सात जना मन्त्रीको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *