समाचार

बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

Murder

४ जेठ, बारा । बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ ।

कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका दुईजना छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा ती बालकको शव फेला परेको हो ।

आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् ।

हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि  वेपत्ता थिए । गफार मियाका दुवैजना छोराको शव हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस