मुख्य समाचार

दैलेखमा जिप दुर्घटना : २ जनाको मृत्यु

accident

४ जेठ, दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान ६ बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बरको जिप सडकभन्दा झन्डै पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनमा गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक इन्द्रजित सुनारले बताए ।

प्रहरी निरीक्षक सुनारले घटनाको प्रारम्भिक अनुसन्धान कार्य सुरु गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *