मुख्य समाचार

आँधीमा भारतीय जहाज डुब्यो : १३० भन्दा बढी बेपत्ता, १४६ जनाको उद्धार

mumbai ship

४ जेठ, मुम्बई । मुम्बईबाट १७५ किलोमिटर टाढा हिरा ओयल फिल्ड्स नजिकै ताऊ ते आँधीका कारण फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुबेको छ । भारतीय नौसेनाले यसमा सवार १४६ जनालाई उद्धार गरेको छ भने १३० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

यसै स्थानमा अर्को एउटा भारतीय जहाज फसेको छ । यसमा सवार मानिसहरुलाई बचाउनका लागि आइएनएस कोलकातालाई पठाइएको छ । यसमा १३७ जना सवार भएको बताइएको छ । यीमध्ये ३८ जनालाई सुरक्षित निकालिएको छ ।

भारतीय नौसेनाका प्रवक्ता कमान्डर विवेक मधवालले भने, ‘बम्बे हाई इलाकास्थित हिरा तेल क्षेत्रमा जहाज ‘पी–३०५’ को मद्दतका लागि आइएनएस कोच्चिलाई पठाइएको थियो । आइएनएस तलवारलाई पनि खोज र राहत अभियानका लागि तैनाथ गरिएको थियो । अर्को जहाज अर्थात् जीएएल कन्स्ट्रक्टरबाट पनि आपतकालीन मेसेज पाइएको थियो जसमा १३७ मानिसहरु सवार छन् र त्यो मुम्बई तटबाट आठ नटिकल मील टाढा छ । यसको मद्दतका लागि आइएनएस कोलकातालाई पठाइएको छ । नेवीको हेलिकोप्टर स्ट्यान्ड बाय राखिएको छ । मौसममा थोरै सुधार भएपछि यसलाई उद्धारमा लगाइनेछ ।’

कमान्डर मधवालले यसअघि सोमबार अरब सागरमा चक्रवातका कारण डामाडोल भएको भारतीय टगबोट कोरोमंडल सपोर्टर क्ष्ह् मा फसेका चालक दलका चार सदस्यलाई हेलिकोप्टरमार्फत् बचाइएको जानकारी दिए । उनका अनुसार समुद्रमा फसेको यो जहाजको मेसिनरी युक्त हिस्सामा पानी भरिएको थियो जसका कारण यो अघि बढ्न सकेको थिएन । यसको बिजुली आपूर्ति पनि बन्द भएको थियो ।

चक्रवातलाई मध्यनजर गर्दै भारतीय नौसेनाका ११ गोताखोर दल तयारी अवस्थामा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस