
४ जेठ, काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको । मंगलवार सुनको मूल्य फेरि ६०० सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।
यता चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस