मुख्य समाचार

जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

hatti

४ जेठ, बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ निवासी श्याम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार राति साढे १२ बजे स्थानीय मागुरमारी सामुदायिक वन क्षेत्रबाट आएको एउटा जंगली हात्ती गाउँ पसेको थियो । हात्तीलाई धपाउने क्रममा ४५ वर्षीय राईलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट टाउको र दायाँ खुट्टामा गहिरो चोट लागेका राई सिकिस्त बनेका थिए ।

उनको उपचारका क्रममा भद्रपुरस्थित मेची अस्पतालमा मंगलबार बिहान सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *