मुख्य समाचार

कोरोनाबाट वडामा एकै समुदायका ९ जनाको मृत्यु

covid19 Death body

४ जेठ, दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो  हो । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको  ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्य चौकी गौरीका संयोजक रमेश लम्सालले बताए ।

उनीहरुको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको बताइएको छ । अन्य ६ मध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस